राजनीनिती

एमाले पोलिटब्युरो बैठक सुरू

३ श्रावण २०८२, शुक्रबार १५:४५

काठमाडौं, २ साउन । नेकपा एमालेका पोलिटब्युरो बैठक सुरू भएकाे छ।

च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बाेलाइए पनि थप ढिलाे गरी बसेकाे हाे ।

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्