शिक्षा-स्वास्थ्य

काठमाडौं महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

६ पुष २०८०, शुक्रबार १५:१४

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ।

एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न भनेको हो।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिएको महानगरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्