बजार प्रेस

प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

८ पुष २०८०, आईतवार १७:३२

काठमाडौं, ८ पुस । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो ।

लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिरेको छैन।

प्राधिकरणले शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्