Flash News

बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु

१३ पुष २०८०, शुक्रबार ०९:०८

काठमाडौँ — ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारी २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएर उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको भनिए पनि प्रहरीले भने त्यसलाई औपचारिक रूपमा जानकारी दिएको छैन । किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो ।

शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन्

प्रतिक्रिया दिनुहोस्