बजार प्रेस

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

१८ पुष २०८०, बुधबार ०६:३३

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ कायम थियो ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १ हजार ४ सय ६० रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्