बजार प्रेस

राष्ट्रिय पर्यटन प्रर्बद्धक सम्मान–२०८० बाट शाही सम्मानित

२२ पुष २०८०, आईतवार ०७:५७

काठमाडौं, अग्लेश्वरी हिल्स बिकास कोषले नेपालको कला, संस्कृति, पर्यटनको बिकास गर्ने उद्देश्यका साथ आयोजित दोस्रो जिवन्त नेपाल म्यूजिक अवार्ड २०८० कार्यक्रममा पर्यटन प्रर्बद्धक सम्मान–२०८० बाट फोटोग्राफर तथा डकुमेन्ट्री फिल्म निर्देशक देबेन्द्र बहादुर शाही सम्मानीत भएका छन् । काठमाडौको राष्ट्रिय नाचघरमा भएको अवार्ड कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उड्यन राज्य मन्त्रि शुसिला श्रीपाली ठकुरीले शाहीलाई सम्मान गरेकी हुन् ।

नेपालमा लामो समय पर्यटनको क्षेत्रमा फोटोग्राफि, डकुमेण्ट्री फिल्म निर्माण तथा निर्देशक गर्दै आइरहेका शाही नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ देश भित्र तथा बिदेशमा समेत बिगत लामो समय देखी फोटोग्राफि, डकुमेन्ट्री फिल्म प्रदर्शन गरी नेपालको पर्यटन, कला, संस्कृतिको प्रबद्र्धन गर्दै आइरहेका छन् यसका अलवा पर्यटन बिकासका बिभिन्न कार्यक्रम गर्दै आइराखेका छन् साथसाथै सामाजिक कार्यमा समेत काम गर्दै आईराखेका छन् ।

उक्त म्यूजिक अवार्ड तथा सम्मान कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उडड्डयन राज्य मन्त्रि शुसिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो र नेपाली कला संस्कृति, सामाजिक सेवा, पर्यटनसंग सम्बन्धित ब्यत्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्