Flash News

आदर्श सहकारीको नाफा ८६ लाख

२२ पुष २०८०, आईतवार २१:४१

विराटनगर । इलामस्थित अग्रणी सहकारी संस्था आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ८५ लाख ६२ हजार ५ सय ९१ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । संस्थाको १९औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेश श्रेष्ठले उक्त विवरण पेस गरेका हुन् ।

चिकित्सक राखेर पोलिक्लिनिकमार्फत् ल्याब, भिडियो एक्सरे सेवा र औषधि सेवा समेत सञ्चालन गरेको संस्थाले सदस्यको हितमा गरेको कार्य उत्कृष्ट रहेको प्रमुख अतिथि तथा इलाम नगरपालिकाका कार्यवाहक प्रमुख विष्णु दाहाल लिम्बुले बताइन् । संस्थाको सम्पत्ति २४ करोड पुगेको छ भने संस्थाले गत वर्षभर ४५ करोडको कारोबार गरेको जनाइएको छ ।

यसैबीच, संस्थाले साधारण सभाको अवसर पारेर स्वास्थ्यसेवी खेमराज श्रेष्ठ र अमृत राईलाई आदर्श नागरिक सेवा सम्मान–२०८० ले सम्मान गरेको छ । महिला उद्यमी निर्जला श्रेष्ठलाई आदर्श उद्यमी सम्मान दिएको छ ।

संस्थामा १५ वर्षदेखि निरन्तर सेवा पु¥याएकी व्यवस्थापक अस्ना श्रेष्ठलाई पनि संस्थाले आदर्श सेवा सम्मान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्