बजार प्रेस

हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै

२३ पुष २०८०, सोमबार ०५:१४

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदै छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीआजदेखि कारोबारमा आउन लागेको हो । यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ ।

पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्