Flash News

राष्ट्रिय युवा प्रतिभा र युवा पत्रकारिता पुरस्कारका लागि आवेदन माग

२३ पुष २०८०, सोमबार ०७:५७

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि आवेदन मागेको छ । त्यस्तै मन्त्रालयले युवा पत्रकार पुरस्कारका लागि पनि आवेदन मागेको छ ।

मन्त्रालयबाट आर्थिक वर्ष २०८०÷०८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो । पत्रकारिताको माध्यमबाट युवा विकासका क्षेत्रमा योगदान पुर्याएका नेपाली पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ । युवा पत्रकारिता पुरस्कार कार्यविधि, (पहिलो शसोधन २०७५)अनुसूची १ बमोजिम फाराम भर्न पनि मन्त्रालयले भनेको छ ।

त्यस्तै राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातसहित एक महिनाभित्र पुरस्कारका लागि आवेदन दिन पनि सूचनामार्फत जनाइएको छ । पुरस्कारका विषयमा सम्पूर्ण जानकारी मन्त्रालयको वेभसाइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्