Flash News

पुल्चोकमा बीवाइडीको शोरुम

३ माघ २०८०, बुधबार १२:२६

काठमाडौं । नेपालमा आफ्ना गाडीको बिक्री बढेसँगै पूर्वाधार थप्दै आएको चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बीवाइडीले ललितपुरको पुल्चोकमा शोरुम खोलेको छ ।

बुधबारबाट सञ्चालनमा आएको शोरुमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन्। विद्युतीय सवारी उत्पादनमा अग्रणी उक्त कम्पनीको भर्खरै नेपाली बजारमा आएको नयाँ कार डल्फिन कारसमेत शोरुममा सार्वजनिक गरिएको छ ।

महानगर प्रमुख महर्जनले विद्युतीय गाडी प्रवर्धनका लागि ललितपुर महानगर सधंै लागेको बताउँदै विकास निर्माणका लागि प्रयोग हुने ठूला सवारीसाधन बाहेक अन्य गाडीहरु विद्युतीय मात्र प्रयोग गर्ने गरेको बताए ।

उनले भने, ‘विकास निर्माणका लागि प्रयोग हुने टिप्पर, ट्रकहरुमा डिजल–पेट्रोल चाहिन्छ नै । यसको विकल्प पनि छैन । तर, अन्य प्रायोजनका लागि विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेका छौं । ’

बीवाइडीका विद्युतीय गाडीहरुले वायु प्रदूषणमा कमी ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै निजी कम्पनीसँग सहकार्यका लागि महानगर तयार रहेको उनको भनाइ थियो ।

बीवाइडीको ४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ। यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्