बजार प्रेस

२ सयले बढ्यो सुनको मूल्य

५ माघ २०८०, शुक्रबार ०६:१४

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्