Flash News

मिटरब्याज पीडितको मार्च वर्षाले प्रभावित

१० फाल्गुन २०८०, बिहीबार १३:४८

काठमाडौं । मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ । थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका हुन् । पूर्वबाट ६ सय किलोमिटर र पश्चिमबाट ७ सय किलोमिटर २३ दिनसम्म हिँडेर पार गर्दै टोली काठमाडौं आइपुगेको हो ।

संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार बिहीबारको पूर्वनिर्धारित कार्यक्रम बिथोलिएपछि शुक्रबार सिंहदरबारसम्मको मार्च गर्ने तयारी छ । मार्चमा एक हजार बढी पीडित सहभागी हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्