Flash News

विज्ञापनमा चीनको झन्डा प्रयोग भएपछि विवाद

१९ फाल्गुन २०८०, शनिबार ०२:४७

नयाँ दिल्ली। भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) को एउटा विज्ञापनमा चीनको झन्डा प्रयोग भएपछि विवाद भएको छ।

तमिलनाडुमा इसरोको नयाँ लञ्च कम्प्लेक्स सम्बन्धी विज्ञापनमा भारतको झन्डाको ठाउँमा चीनको झन्डा देखाइएको थियो। पार्टीको तर्फबाट उक्त विज्ञापन दिने डीएमके नेता एवं माछापालन मन्त्री अनिता आर राधाकृष्णनले घटनाको एक दिनपछि बिहीबार स्पष्टीकरण दिएकी छन्।

उनले डिजाइनरको गल्तीले विज्ञापनमा चीनको झन्डा प्रयोग भएको बताइएकी छन् । ‘यो सामान्य गल्ती हो, यसमा डीएमकेको कुनै कुनियत छैनु, सरकारी समाचार संस्था पीटीआईका अनुसार राधाकृष्णनले भनेकी छन्, ‘विज्ञापनमा एउटा सानो गल्ती भयो । हाम्रो कुनै अन्य उद्देश्य होइन । हाम्रो मनमा भारतप्रति माया मात्रै छ।’

डीएमकेका तात्कालीन नेता एम। करुणानिधिले सबैभन्दा पहिला तमिलनाडुको कुलसेकरपट्टिनममा इसरोका लागि नयाँ प्रक्षेपण कम्प्लेक्स बनाउने माग गरेका थिए । मुख्यमन्त्री एमके स्टालिन र थूकुकुडीदेखि लोकसभा सदस्य कनिमोइसम्मले तमिलनाडुमा इसरो प्रक्षेपण परिसर बनाउन केन्द्र सरकारसँग अनुरोध गरेका थिए ।

यो परियोजना तमिलनाडु ल्याउन डीएमके नेताहरुको प्रयास देखाउन विज्ञापन बनाइएको थियो । विज्ञापन बनाउनेले ठुलो गल्ती गरिदियो( भारतको झन्डाको ठाउँमा चीनको झन्डा राखिदिएर । तर, त्यसमा कसैले ध्यान दिएनन् । विज्ञापन प्रसारण भएपछि मात्रै यो गल्ती थाहा भयो ।

प्रतिक्रिया दिनुहोस्