कला/मनोरञ्जन

वर्षासँग प्रदीपले बाँध्ने भए जोडी

२ फाल्गुन २०७९, मंगलवार ०७:४२

काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता प्रदीप खड्काले जोडी बाँध्ने पक्का भएको छ।

उनीहरुले फिल्म ‘क्यामिनो’मा जोडी बाँध्ने भएका छन्। प्रदीप केही समय अघिनै फिल्मको शिर्ष भूमिकामा अनुबन्धित थिए। वर्षाले भने जवाफ दिएकी थिइनन्।

वर्षा फिल्ममा काम गर्न राजी भएसँगै प्रदीप र वर्षाको जोडी पक्का भएको हो। फिल्मका निर्मताले एड्भेन्चर ड्रामा ‘क्यामिनो’को शिर्ष भूमिकामा लागि वर्षालाई अनुबन्धित गराएका छन्। वर्षासँग फिल्मका लागि औपचारिक सम्झौता नै भैसकेको निर्देशक दीपक वलीले जानकारी दिए। वर्षा र प्रदीपले पहिलो पटक अनस्क्रिन जोडी बाँध्न लागेका हुन्।

यो फिल्ममा दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्ण यात्राको कथा भनिने निर्देशक वलीले जानकारी दिए। ब्राजिल र मेक्सिकोमा छायांकन फिल्मकोे पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।

सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनी भाषामा छायांकन हुने जनाइएको छ। फिल्म फागुनको अन्त्यबाट छायांकनमा जाने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्