शिक्षा-स्वास्थ्य

भारतमा उपचारत सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर

६ फाल्गुन २०७९, शनिबार ०३:५३

काठमाडौँ। ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको छ।

कांग्रेस युवा नेता योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान चिकित्सकहरूले भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको र त्यसले हृदयमा असर नपर्ने जानकारी दिएको बताए । भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो।

‘पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा। मुकेशबाट प्राप्त भयो, ‘कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले बिहान ६ः३० बजे डा.घनन्जयसंग कुरा गर्दा अहिले सबै पारामिटर नर्मल रहेको छ।’

प्रतिक्रिया दिनुहोस्