Flash News

निरुता खत्री र सुमन ताम्राकारको ‘खिर खाउँला साहु खर्क’ गीत सार्वजिनक

७ फाल्गुन २०७९, आईतवार १८:२२

 

 

निरुता खत्री र सुमन ताम्राकारले युवा पुस्तालाई रिझाउने शब्द, लय र सङ्गीत रहेको लोक देउडा गीत ‘खिर खाउँला साहु खर्क’ सुमन ताम्राकार युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

सुदुर पश्चिम र कर्णाली प्रदेशमा बोलिने ठेट शब्द संयोजन रहेको गीतले बजार तताउने गायिका निरुता खत्रीको दाबी रहेको छ । गीतको म्युजिक भिडियोमा निरुता र सुमनको अभिनय रहेको छ । सार्वजनिक भएको गीतको एरेन्ज केशव बडुले गरेका हुन भने गितको लय माधव तिमिल्सीनाले गरेका छन् र भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् ।
‘खिर खाउँला साहु खर्क, भात खाउँला भात्काडा,
डडेलधुरा जाउँला वाईं खाउँला कोद्याका माणा’
गीतका टुक्कामा टिकटक बनाउनेको सङ्ख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्