अन्य

संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

५ असार २०८१, बुधबार १८:१०

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

बुधबार बिहान २२ वर्षीय  प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।

‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने ।

उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले  बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए  ।

जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ ।

मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।

प्रतिक्रिया दिनुहोस्