अर्थतन्त्र

आज डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्यो

१३ असार २०८१, बिहीबार ०७:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ । बुधबार डलको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ४० पैसा रहेको छ  । हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ रहँदा   बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा रहेको थियो  ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० र बिक्री दर ३६ रुपैयाँ ७६ पैसामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्