राजनीनिती

सहयोग स्वरुप चेक हस्तान्तरण कार्यक्रम सम्पन्न

१९ असार २०८१, बुधबार १८:४२

काठमाडौं । सल्यान जिल्ला कालिमाटी गा.पा. वडा नं.२ निबासी मेघराज वली मलेसियाको कोलालम्पुरमा प्रबाशी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको बैठकमा सहभागी हुने क्रममा रेल दुर्घटनामा परी असमायिक निधन भएको थियो ।

प्रबाशी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले सहयोग स्वरुप घोषणा गर्नु भएको रकम रु २ लाख मृतकको घर परिवारलाई नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको समन्वयमा र सल्यान काठमाडौं सम्पर्क मञ्चको आयोजनामा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सो चेक हस्तान्तरण कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त बहादुर रावत र प्रबाशी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य बिमला भण्डारीले संयुक्त रुपमा नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष भिम ब. सेन मार्फत मृतकका घरपरिवारले पाउने गरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव तेजेन्द्र वलीले हिमलय प्रेसलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सम्पर्क कमिटीका सदस्य ध्रुब गौतम, लिला कुवर, निर्मल बस्नेत, मञ्चका अध्यक्ष धनसिंह घर्तिमगर, उपाध्यक्ष प्रकाश रावत लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्