Flash News

‘पदलोलपुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु’

११ फाल्गुन २०७९, बिहीबार ०९:०२

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन्।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा उनले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

‘पदलोलपुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु’ अध्यक्ष नेपाललाई उधृत गर्दै स्रोतले भन्यो। नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो। प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्