Flash News

कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक

११ फाल्गुन २०७९, बिहीबार ०९:०७

सुर्खेत। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन्।

बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो। हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए। तर, पार्टीले प्रमुख सचेतक बनाएर मनाएको छ।

सचेतक खड्का रुकुम पश्चिमकी खड्का समानुपातिक सांसद हुन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए। कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले समेत दलको प्रमुख सचेत र सचेतक चयन गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्