Flash News

‘ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक’

११ फाल्गुन २०७९, बिहीबार ०९:२०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानलाई विज्ञानसँग जोडेरमात्रै विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । प्रधानमन्त्री दाहालले कुनै पनि देशको विकासको मूल आधार नै दक्ष जनशक्ति हुने भन्दै त्यसका लागि विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्ने बताए ।

बिहीबार बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैटौं सभामा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वविद्यालयको ज्ञानलाई विज्ञानसँग जोडेर युग सुहाउँदो बनाउनुपर्ने र त्यसबाटमात्रै दक्ष जनशक्ति उत्पादन सम्भव रहेको बताए । ‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐन जारी गर्न अन्तिम तयारी भइरहेको बताए । ‘संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ। सरकारको यस प्रयासमा यहाँहरू लगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

प्रधानमन्त्री दाहालले राजर्षि जनकको नाममा विश्वविद्यालय खोल्ने कार्य प्रशंसानीय भएको बताए । ‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो,’ प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्