Flash News

सरकारी विदामा कार्यालय खोल्नेबारे मन्त्रिपरिषदमा छलफल

११ फाल्गुन २०७९, बिहीबार १३:४३

काठमाडौँ। शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो।

एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो।

मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे छलफल भएको हो।

प्रशासनिक समितिमा पनि यसबारे छलफल भएको थियो। एक सचिवका अनुसार हरेक विदाका दिन एक सिफ्टमा भए पनि सेवा दिनेगरी गरी छलफल भएको हो। ती सचिवले भने, ‘त्यो खाकाले अन्तिम रुप पाएको छैन, छलफलका क्रममा छ।’

प्रतिक्रिया दिनुहोस्