राजनीनिती

दाहाल प्रतिपक्षका लागि बलियो नेता हुनुहुन्छ, लोकतन्त्र कमजोर हुँदैन् : लेखक

२८ असार २०८१, शुक्रबार १४:५४

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुको मुख्य आधार राजनीतिक स्थिरता भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विश्वासको मत माग्ने प्रस्तावनामाथिको छलफलमा सहभागि हुँदै लेखकले पाँच पाँच पटक विश्वासको मत लिनुपर्ने स्थिति सिर्जना हुनु आफैंमा राजनीति अस्थिरता भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘दुई ठुला दलहरुबीच सहमति गर्नुपर्ने केही कारणहरु छन् । केही विशेष परिस्थितिहरु छन् । यो सहमतिले मुलुकलाई ठिक ढंगले अगाडि बढाउन सकिन्छ भन्ने लागेको छ । यसका केही सैद्दान्तिक र केही व्यवहारिक आधारहरु छन् । यीमध्ये राजनीतिक स्थिरता एक बलियो आधार हो । प्रधानमन्त्रीज्यूले पाँचौं पटक विश्वासको मत लिन आउँदै हुनुहुन्छ । के यो राजनीतिक स्थिरता हो ?’

प्रधानमन्त्रीप्रति व्यंग गर्दै लेखकले प्रतिपक्षमा बस्ने हैसियत बनाएका व्यक्तिलाई ठिक ठाउँमा नराखेर प्रधानमन्त्री बनाएर संसदले गल्ती गरेको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीमाथि थप टिप्पणी गर्नुभएको कारणले म त्यतातिर जान चाहन्न । सम्माननीय प्रधानमन्त्री मेरो र सदनको पनि नेता हो । तर म राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई ठुला दलहरु मिल्दा संसदीय अभ्यासमा प्रतिपक्ष कमजोर भयो भन्नुभयो । तर रोष्ट्रममा बोल्दैगर्दा प्रधानमन्त्रीको सम्बोधन हेर्दा प्रतिपक्षको लागि ठिक नेता देखेको कारणले प्रतिपक्ष कमजोर हुन्न भन्ने लागेको छ । प्रतिपक्षमा बस्ने हैसियत बनाएका व्यक्तिलाई ठिक ठाउँमा नराखेर प्रधानमन्त्री बनाएर हामीले गल्ती पो गर्यों कि ? अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैंले विश्वास गरेको छु । त्यसकारण लोकतन्त्र कमजोर हुदैन,’उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्