राजनीनिती

विपत्तमा सरकार काम चलाउको अवस्थामा बस्योः नेता भट्टराई

२८ असार २०८१, शुक्रबार १४:५७

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले सरकार हुँदाहुँदै पनि कतिपय काम अन्योलमा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री काम चलाउ अवस्थामा रहेको जिकिर गरेका हुन् ।

उनले  भने, ‘यो  प्राकृतिक विपत्तिको अवस्थालाई जुन ढंगले भूमिका खेल्नुपर्ने हो तर यहाँ सरकारले काम चलाउको रूपमा भूमिका खेल्यो । यति  सबै कुरा बुझ्दाबुझ्दै पनि यो १० दिन उहाँले समय लिनुभयो र  देशमा सरकार विहीनताको अवस्था सिर्जना गर्नुभयो ।केही मानिसले प्राकृतिक विपत्तिमा आफ्नो ज्यान गुमाउनुभयो । ’

साथै उनले अब प्रधानमन्त्री प्रचण्डले रोष्ट्रममामा उभिएर भाषण गर्ने दिन नआउने बताए । प्रधानमन्त्री बन्न नपाउने हो की भनेर प्रचण्डले कडा आक्रोश व्यक्त गरेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्