राजनीनिती

बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार गर्न अध्यक्ष नेपालको माग

२८ असार २०८१, शुक्रबार १४:५९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्रिशुली घटनाबारे दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा वेपत्ता भएको र खोजी कार्य जारी छ । सोही घटनालाई लिएर अध्यक्ष नेपालले शुक्रबार सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष नेपालले लेखेका छन् , ‘नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजी ३ः३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको र सोही पहिरोको कारण अर्को एक सवारी साधनका चालकको निधन भएको खबर अत्यन्तै मर्माहत बनाएको छ।’
काठमाडौंबाट मेरो गृह नगर गौर जककादै गरेको गणपति डिलक्समा ४१ जना र बिरगन्जबाट काठमाडौँ आउककदै गरेको एञ्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु । साथै लगातार वर्षा भैरहेकोले गर्दा यसबाट उत्पन्न हुने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत सबैमा हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्