Flash News

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

१२ फाल्गुन २०७९, शुक्रबार ०५:५२

काठमाडौँ। राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन्। फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्