राजनीनिती

पहिलो पटक मुगुले पायो मन्त्री

३१ असार २०८१, सोमबार १७:१२

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् । शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन् ।

आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन् ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । भने वहालवाला मुगुका जिल्ला पार्टी सभापती पनि हुन् ।

२०२६ साल फागुनमा मुगुको अति विकट मानिएको सोरु गाउँपालिका २ धुपि भन्ने गाउँमा एक गरिव बिपन्न घर परिवारमा जन्मेका शाही २०४४।०४५ सालबाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए ।

बहुदलीय व्यवस्था पछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।

उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

यस पटक मतदाताले शाहीका निकटतम प्रतिसपर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराएका हुन् । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भएका हुन् ।

भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाका लागि राम्रो काम गर्नेमा जिल्लाबासी सबै आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्