Flash News

केपी ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’

१२ फाल्गुन २०७९, शुक्रबार ०६:५०

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थालेका छन्।

उनले जन्मदिनको अवसर पारेर बिहीबारदेखि ‘केपी बा’ नाम राखिएको युट्युव च्यानल चलाउन थालेका हुन्। आफ्ना अनुभवहरु जनतासमक्षम पु¥याउनका लागि सो च्यानल सञ्चालनमा ल्याइएको ओलीको भनाई छ।

ओलीले आफ्नो च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो पहिलो भिडियो अपलोड गरेका छन्। च्यानलमा जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी राखिने रामशरण बजगाईले बताए।

प्रतिक्रिया दिनुहोस्