Flash News

अपरान्ह पाँच बजे बस्ने गरी चार दलिय बैठक सकियो

१२ फाल्गुन २०७९, शुक्रबार ०६:५९

काठमाडौँ। राष्ट्रपतिको उम्मेदार छान्नका निम्ति शुक्रबार अपरान्ह पाँच बजे पुन:बैठक बस्ने भएको छ।

कांग्रेस, माओवादी, एकीकृत समाजवाद र जसपाबीचको बैठक पुन:पाँच बजे बस्ने गरी सकिएको छ। यसका सन्दर्भमा कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन्।

बालुवाटारमा भएको ४ दलबीचको छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे पुनः अर्को बैठक बसेर टुंग्याउने थापाले बताए।

प्रतिक्रिया दिनुहोस्