Flash News

एमालेसँग राष्ट्रपतिका निम्ति गठबन्धन हुन्न: घनश्याम भुसाल

१२ फाल्गुन २०७९, शुक्रबार ०८:०५

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताएका छन्।

बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अब अर्को खालको गठबन्धन नहुने उनले दाबी गरे। कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ-आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको दाबी छ।

‘स्वभावैले राष्ट्रपति एकीकृत समाजवादीले लिने भन्ने हाम्रो प्रस्ताव रह्यो। कांग्रेसले पनि दोहोर्‍यायो। हाम्रा आ-आफ्ना दाबी छन्। तर, यो दाबीबीच सँगै जाने भन्ने सैद्धान्तिक सहमति भयो। यो विषय साँझ बस्ने बैठकले टुंगो लगाउछ, नेता भूसालले भने।

उनले राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने दाबी गरे। हामी अहिलेका दलहरुको सहमति हुन्छ। अब अर्को एलायन्स बन्दैन,ु उनले भने। उनले शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरु बनाउन सक्ने जानकारी दिए। उनले भने, अहिले हामी राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक कुरा गर्छौं। अरु शक्ति बाँडफाँटबारे मोटो कुरा मात्र हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्