राजनीनिती

पूर्वराजा ज्ञानेन्द्र ठिक ठाउँमा बस्नुपर्छ: मन्त्री मोदी

१२ फाल्गुन २०७९, शुक्रबार ०८:०९

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।

फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले एक–दुई हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिएका हुन्।

गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उनले मुलुक फेरि पश्चगमनतिर नजाने बताए। देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न आग्रह गर्दै उनले भने, ‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्