Flash News

राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउछ: अध्यक्ष ओली

१२ फाल्गुन २०७९, शुक्रबार ०९:५०

काठमाडौँ। राष्ट्रपति निर्वाचनको मिति नजिकियसँगै नेताहरूको दौडधुप बढेको छ।

यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन्। शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भोलि (शनिबार) राष्ट्रपतिको लागि आफ्नो दल एमालेले उम्मेदारी दर्ता गर्ने बताएका हुन्।

एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं।’ तर, गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए।

प्रतिक्रिया दिनुहोस्