राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय उद्घाटन

१२ श्रावण २०८१, शनिबार २२:५२

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय यती प्लाजा, बागबजार, काठमाडौंमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज पुर्ब मन्त्री लालबाबु पण्डितले रिबन काटी उद्घाटन गर्नु भएको थियो ।

कार्यालय उद्घाटन कार्यक्रम नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त बहादुर रावतको अध्यक्षतामा सम्पन्ना भएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका इन्चार्ज कल्पना थापा, सम्पर्क सम्वन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, सचिव इन्द्र भण्डारी, सचिवालय सदस्य सुरेन्द्र बोगटी, सत्यदेबी अधिकारी, कर्णाली प्रदेश कमिटीका सदस्य नबराज महतारा, सम्पर्क समन्वय कमिटीका सदस्यहरु राजेन्द्र बाबु चन्द, लक्ष्मी न्यौपाने, हुम्ला जिल्ला कमिटीका उप सचिव मन्जु रावल, निबर्तमान अध्यक्ष जेबी शाही र उपाध्यक्ष सिता नेपालको आतिथ्यता  लगायत कर्णाली प्रदेशका १० वटै सम्पर्क मञ्चका अध्यक्ष लगायत अन्य कर्णाली बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लालबाबु पण्डितले कर्णाली सम्पर्क कमिटीले आफ्नो कार्यालय स्थापना गरेर पार्टी कामको महत्वपुर्ण कार्य अगाडी बढाएको भनी प्रसंशा गर्नु भएको थियो भने अगामी दिनमा यस्तै रचनात्मक कार्य अगाडी बढ्नेमा बिश्वास ब्यक्त गर्नु भएको थियो । सम्पर्क कमिटीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भक्त बहादुर रावतले कार्यालय स्थापना गर्ने सम्पुर्ण सहयाोगी मनहरुलाई धन्यबाद ब्यक्त गर्नु भयो भने आगामी दिनमा निरन्तर सहयोग, सल्ललाह र सुझाबको अपेक्षा रहेको कुरा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालक कमिटीका सचिव लोकेन्द्र रोक्काले गर्नु भएको थियो भने ब्यबस्थापन उपाध्यक्ष पुजा शाही, उप सचिवहरु तेजेन्द्र वली र बिरजन महताराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्