Flash News

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

१२ फाल्गुन २०७९, शुक्रबार १०:३२

काठमाडौँ। सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ। सरकारले यसअघि संसद्‌मा पेस गरिएको विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद्मा पेस गर्न लागेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै, बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई थाइल्यान्डमा हुने दिगो विकाससम्बन्धी दशौँ एसिया प्यासिफिक फोरममा सहभागी हुन स्वीकृति दिएको छ भने विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ।

प्रतिक्रिया दिनुहोस्