Flash News

बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

१२ फाल्गुन २०७९, शुक्रबार ११:५८

काठमाडौँ। एमाले अध्यक्ष केपी ओली बाहिरिए लगत्तै तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छ।

राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल पुनः सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन्।

बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए। अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन्। बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल सहभागी छन्। अध्यक्ष नेपाल बालुवाटार जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्