Flash News

राष्ट्रपतिको उम्मेदवार चुनिएपछि रामचन्द्र प्रशन्न

१३ फाल्गुन २०७९, शनिबार ०६:४५

काठमाडौँ। नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनको अनुहारमा कान्ति छाएको छ।

राज्यको कार्यकारी निकायमा पुग्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन्। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ। राष्ट्रपतिको उम्मेदार छानिएपछि पौडेलले संविधानको रक्षा नै आफ्नो मुख्य अभिभारा हुने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्