Flash News

प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन

१३ फाल्गुन २०७९, शनिबार १३:३६

काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ।

रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए।

जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन्। उनी समानुपातिकबाट सांसद बनेकी थिइन्। सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्