राजनीनिती

एमाले दैलेख-काठमाडौं सम्पर्क मञ्चको बैठक सम्पन्न

२३ भाद्र २०८१, आईतवार ००:२८

काठमाडौं । एमाले दैलेख-काठमाडौं सम्पर्क मञ्चको पुर्ण बैठक सनिबार कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा सम्पन्न भएको छ ।

बैठक दैलेख काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष्य कटक ब. शाहीको अध्यक्षतामा र एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ ।

बैठकमा एमाले सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यदेबी खड्का, सदस्य देबिकृष्ण चौलागाई, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष्य भक्त ब. रावत, कर्णाली अञ्चल सम्पर्क कमिटीका पुर्ब सचिव देविलाल रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिवहरु क्रमश बिरजन महतारा, तेजेन्द्र वली र लेखा आयोगका अध्यक्ष बिशाल बिश्वकर्माको आतिथ्यमा सम्पन्ना भएको छ ।

बैठकमा प्रमुख अतिथी कल्पना थापा, अतिथीहरु सत्यादेबी खडका, देबिकृष्ण चौलागाई र भक्त ब. रावतले आफ्नो निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो भने सम्पर्क मञ्चका सम्पुर्ण सदस्यहरुबाट बिभिन्ना एजेन्डा माथी छलफल भइ निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्