Flash News

एमाले सचिवालय बैठक बस्दै

१५ फाल्गुन २०७९, सोमबार ०३:०८

काठमाडौँ। नेकपा ‘एमाले’ को सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ। पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ। सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ।

पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ। एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

प्रतिक्रिया दिनुहोस्