राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको बैठक सम्पन्न ।

२९ भाद्र २०८१, शनिबार १६:४८

काठमाडौं । एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको पुर्ण बैठक सनिबार नेपाल ल क्याम्पस, काठमाडौंमा सम्पन्न भएको छ ।

बैठक कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष्य भक्त ब. रावतको अध्यक्षतामा र एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकमा एमाले सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यदेबी खड्का, सदस्य देबिकृष्ण चौलागाई, चित्र हमाल, जेबी शाही, सिता नेपाल, राजनबाबु चन्द र देविलाल रावलको आतिथ्यमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथी कल्पना थापाले आफ्नो निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो भने सम्पर्क मञ्चका सम्पुर्ण सदस्यहरुबाट बिभिन्ना एजेन्डा माथी छलफल भइ निर्णय गरिएको थियो ।

बैठकमा कमिटीका अध्यक्ष भक्त ब. रावतले विभिन्न ९ प्रस्तावहरु पेश गरे भने १० वटै जिल्ला सम्पर्क मञ्चका अध्यक्षले आफ्नो जिल्लाको गतिबिधीको रिपोर्टिङ्ग भयो र सम्पुर्ण सदस्यहरुबाट बिभिन्ना एजेन्डा माथी छलफल भइ निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्