राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी लेखा कमिटीको बैठक सम्पन्न

४ आश्विन २०८१, शुक्रबार १७:२१

   

काठमाडौं । एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी लेखा कमिटीको पुर्ण बैठक बिहिबार कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा सम्पन्न भएको छ ।

बैठक कर्णाली प्रदेश सम्पर्क कमिटी लेखा कमिटीका अध्यक्ष्य बिशाल बिश्कर्माको अध्यक्षतामा र एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकमा एमाले सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यदेबी खड्का, सम्पर्क समन्वय कमिटी लेखा कमिटी सचिव रमा महरा, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, पुर्ब कर्णाली अञ्चल सम्पर्क कमिटीका सचिव देविलाल रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव तेजेन्द्र वलीको आतिथ्यमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथी श्याम कुमार वस्नेतले आफ्नो निर्देशनात्मक मन्तब्य राख्दै लेखा ब्यवस्थापनका बिषयमा र लेखा कमिटीको कामको क्षेत्रका बारेमा धारण राखे थिए त्यस्तै बैठकमा देविलाल रावलले जिल्ला सम्पर्क मञ्च तथा पालिका स्तरिय सम्पर्क मञ्चहरुको बैंक खाता तथा लेखा ब्यबस्थापनका बारेमा धारण राख्नु भएको थियो भने लेखा कमिटीका मनोनित उपाध्यक्ष सनम सिंह ठकुरी-जाजरकोट, सचिव नबिन शर्मा-सुर्खेत, सदस्यहरु प्रदिप बुढा-हुम्ला र कर्ण शाही-कालिकोटको सपथग्रहण भएको थियो भने सम्पुर्ण सदस्यहरुबाट बिभिन्ना एजेन्डा माथी छलफल भइ निर्णय गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्