काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय कमिटीकोको आयोजनामा वडादशै, तिहार, नेपाल सम्वत, छट, ल्होसार, इद लगायत राष्ट्रिय पर्बहरुको शुभकामना आदान प्रदान लगायत सम्मान एवम् मुल्यांकन कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेका कार्यकर्ताहरु मैनबती जस्तै जल्नुपर्छ, आफु जलेर जनतालाई उज्यालो दिने काम गर्नु पर्छ भन्नुभयो । अब एमालेका कार्यकर्ताले समाज बदल्नाका निमित भाषण हैन काम गरेर देखाउनु पर्ने कुरा बताउनु भयो ।
सो अवसरमा बिगत देखी सम्पर्कमा रही काम गर्ने मोहन चन्द्र अधिकारी, अष्टलक्ष्मी शाक्य, गोपाल शाक्य, युवराज कार्की, भिष्म अधिकारी, सानु कुमार श्रेष्ठ, इन्द्र भण्डारीलाइ सम्मान गरिएको थियो ।
७ वटा प्रदेश सम्पर्क कमिटी र ७७ वटा जिल्ला सम्पर्क मन्चहरुको बार्षिक कामको मुल्यांकन गरी प्रमाण पत्र तथा पुरस्कार बितरण समेत भएको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्यामकुमार वस्नेत र संचालन कमिटीका सचिव आरसी लामिछानेले गर्नु भएको थियो ।