राजनीनिती

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिव पोखरेलको निर्देशन

६ आश्विन २०८१, आईतवार ११:१७

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् । आज दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य सँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताए । ´नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन् ।` पोखरेलले भने,´विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।` विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सहि राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए ।
एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्