Flash News

प्रदेश सरकारका विषयमा कुनै निर्णय भएको छैन: विष्णु पौडेल

१५ फाल्गुन २०७९, सोमबार ०७:३४

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन्। संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताए।

‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं। सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’ रातोपाटीसँग कुरा गर्दै पौडेलले भने, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन। प्रदेश सरकार तत्काल यथावत रहन्छन्।’

प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ। एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन्। अरु प्रदेशमा तत्कालीन सात दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको छ।

प्रतिक्रिया दिनुहोस्