राजनीनिती

किर्तिपुरको मैत्रीनगरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

२५ आश्विन २०८१, शुक्रबार २०:५३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको छ ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले आफू  लामो समयदेखि एमाले निकट रहेको उल्लेख गर्दै पार्टी कार्यालयको चवन निर्माणका लागि जग्गा दान गरेको बताए । महाअष्टमीका दिन सिलान्यास भएको बताएको गुरुङले २०८२ सालको महाअष्टमीका दिन भवनको उद्घाट हुने भएकाले सबैलाई उक्त दिन उपस्थित हुने निम्ता समेत दिन भ्याए ।

प्रतिक्रिया दिनुहोस्