राजनीनिती

विकासमा राजनीतिक सहमति आवश्यक : महासचिव पाेखेरेल

२८ आश्विन २०८१, सोमबार १८:३९

तुलसिपुर असाेज २९ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेकाे बताउनुभएकाे छ ।

गृहवडामा आयाेजित अगुवा कार्यकर्ता भेलामा महासचिव पाेखरेलले जनतालाई आशाकाे सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयाे । उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाे भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गर्नुभयाे ।

महासचिव पाेख्रेलले केपि शर्मा वली नेतृत्व सरकारले विकासका माध्यमबाटजनताकाे जीवनस्तर उकास्ने,बदल्ने, पशुपालन,खेतीपाति नयाँपन, पूर्वाधार निर्माण ,राेजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएकाे बताउनुभयाे ।

उहाँले फरक प्रसङ्गमा घाेराही तुलसिपुर सडकखण्डमा रहेका खाेलामा फाेरलेनकै पुल निर्माण सुरु भएकाे र फाेरलेन सडककाे पुन ठेक्का प्रक्रिया अघि बढेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्