राजनीनिती

मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग किर्तिपुरको जग्गाको कुनै साइनो छैन : महासचिव पोखरेल

८ कार्तिक २०८१, बिहीबार ०९:०२

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायी बाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताउनु भएको छ । बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङसँग १० रोपनी १४ आना जग्गा सहयोग चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताउनुयो । ´उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।

मिनहादुर गुरूङ सँग जग्गा सहयोग लिंदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरण सँग एमालेले लगेको किर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताउनुभयो ।

एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको बिषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्