Flash News

१८ दिनका लागि संसद बैठक स्थगित

१७ फाल्गुन २०७९, बुधबार ०७:३२

काठमाडौँ। बुधबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्