Flash News

स्ववियु चुनाव: घनश्याम भुसालको नेतृत्वमा वार्ता समिति गठन

१९ फाल्गुन २०७९, शुक्रबार ०३:४५

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भुसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।

उक्त समितिको सदस्यहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम सदस्य रहेका महासचिव बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन्।

एकीकृत समाजवादीले पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँटका इन्चार्ज रामकुमार भट्टराईको संयोजकत्वमा ६३ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको छ।

त्यस्तै पिताम्बर तिम्सिना संयोजकत्वमा ४ सदस्यीय स्ववियु निर्वाचन स्वयंसेवाक परिचालन समिति बनाएको छ। जसको ससंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्